दमक/झापाको दमकमा ढुकुरपानी मतदानस्थल नजिकै शंकाश्पद बस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । अन्य दूइ स्थानमा भने झुक्याउनका लागि यसै शंकाश्पद बस्तु राखेको पाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मतदानस्थलमा कडा सुरक्षा भएका कारण मतदानस्थलभन्दा केहि टाढा बम तथा शंकाश्पद बस्तुहरु राख्ने गरेको पाईएको प्रहरीको भनाइ रहेको छ । कमलमा रहेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको जनाईएको छ ।
BREKING NEWSभर्खरै दमकमा बम भनेर डिस्पोज गर्दा बालुवाको पोको भएको खुल्यो रहस्य
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीका अनुसार पिठोजस्तो सामाग्रि केहि तार लगाए जसरी राखिएको पाईएको छ । निष्क्रिय गर्दा त्यसलाइ पड्काउदा आवाज आएको र त्यो बम नभएको उनले जनाए ।
मतदाताहरुलाइ तर्साउने किसिमले बिस्फोटक पदार्थ तथा शंकाश्पद बस्तुहरु राख्ने गरिएको पाईएको सुरक्षा श्रोतको भनाइ रहेको छ । दमक सहित झापामा भरपर्दो सुरक्षा ब्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ रहेको छ ।










