धरानको एक होटलमा युवतीको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार धरान–७ स्थित परेली होटलमा फेला परेकी युवती उदयपुर ठोक्सीला घर भएकी भावना मगरको शव भेटिएको हो ।
मृतक युवतीलाई बिहान होटलको पंखामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीका अनुसार ती युवतीसँगै ठेगाना नखुलेका प्रदीप शंकर नाम गरेका युवक बेलुका सोही कोठामा सँगै बसेका थिए । ती युवक फरार छन् ।
उनी बिहान करिब ५ बजेतिर होटलको झ्यालबाट भागेको प्रहरीले बताएको छ । युवतीको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको र शंकास्पद मृत्यु भएकाले फरार युवाको खोजीका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
होटलका कर्मचारीहरुका अनुसार उनीहरुले अघिल्लो बेलुका धरान–१५ बगरकोटमा प्रदीपको बर्थ डे मनाएका थिए । बर्थ डेको अवसरमा परेली होटलमा बिहान ४ बजेसम्म रक्सी पिएर एकापसमा झगडा समेत गरेका थिए । टि.भी अन्नपूर्ण बाट सभार










