काठमाडौँ, २० मंसिर । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार डा. प्रकाशशरण महत फन्दामा परेका छन् ।
टोखा नगरपालिका वडा नम्बर ७ धापासीमा सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा स्थानीयले उनलाई घेरा हालेर प्रहरीलाई बुझाएका हुन् ।
सुकुम्बासीलाई पैसा बाँडेको सूचना पाएपछि डा. महतलाई स्थानीयले लेखेटेका थिए । बसुन्धरा चोक नजिकै घेरा हालेर राखेका थिए । महाराजगन्ज वृत्तबाट नेपाल प्रहरी र सशस्त्रको टोलीलाई बुझाइएको टोखा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष नरोत्तम राना मगरले दैनिक नेपाललाई जानकारी दिए । उनको साथमा काँग्रेसका नुवाकोटका नेता बहादुरसिंह लामा पनि थिए ।
पैसा बाँडेको खबर थाहा पाएपछि आफूहरुले प्रहरीलाई बोलाएको उनले बताए ।










