काठमाडौं ।
गोरी गोरी कसकी हो छोरी
यो गोरीले मेरो लौ दिल चोरी
गायक राज खिम्दिङले यसरी ठाडै दिल चोरेको बात लगाएपछि एकपछि अर्को चर्चित गीत गाउँदै आएकी अहिलेकी व्यस्त गायिका मेलिना राईले पनि गोरो अनुहारका राजलाई प्रतिउत्तर दिईन् :
काले काले अलिअलि नक्कले
यो काले त छ कि हौ दिलवाले

मेलिना र राजले आफ्नो नयाँ गीतमा यस्तो व्यङ्ग्य हानाहान गरेका हुन् । मेलिना र राजको स्वर भरिएको यो गीतको भिडियो आज सार्वजनिक भएको छ ।
गोपाल दाहालको शब्द र विनोद खम्वुको संगीत र चन्दु गोर्खालीको एरेन्ज रहेको ‘गोरी गोरी’ बोलको गीतको भिडियोमा हाम्रो डान्स सेन्टर धरानका कलाकारसँगै गायक राजले पनि अभिनय गरेका छन् । भिडियोको कोरियोग्राफी हाम्रो डान्स सेन्टरकै नृत्य निर्देशक रेश्मा बान्तवा राईले गरेकी हुन् ।

राकेश किरातीको निर्देशन, भुपेन्द्र सम्बाहाङ्फेको छायाँकन र बुद्धथापा मगरको सम्पादन रहेको भिडियो पूर्वका विभिन्न ठाउँमा छायाँकन गरिएको छ । धरानमा संगीत सिकिरहेका राज गीत र भिडियोबाट राम्रो प्रतिक्रिया पाएपछि दंग छन् । उनि यो गीतबाट आशावादी रहेको बताउँछन् । मेलिनालाई सांगीतिक क्षेत्रमा स्थापित गराउन भूमिका खेलेका संगीतकार विनोद खम्बु राजको पनि सांगीतिक भविष्य राम्रो हरेको बताउँछन् । भन्छन् ‘राजले राम्रो गाउन सक्छ भन्ने बुझेरै मेलिनासँग गाउन लगाएको हुँ । यो गीतले उनलाई संगीत क्षेत्रमा स्थापित गर्न मद्दत गर्छ ।’

भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah