भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटको गणेश निमावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि झडप भएको छ ।

दुवै पार्टीले एक अर्कालाई बुथ कब्जा गरेको आरोप लगाउँदै एक अर्कामाथि आक्रमण गरेका हुन् । कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान र भागाभाग भएपछि रोज भिलेज वस्ती तनावपूर्ण भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यहाँका केही घरका सिसा पनि फुटेका छन् ।मतदानस्थलमा भने सुरक्षाको व्यवस्था गरेर मतदान जारी राखिएको डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

यसैबीच, बालकोट पुलमा शंकास्पद वस्तु भेटिएपछि त्यहाँ नेपाली सेनाको टोली पुगेको छ टि.भी अन्नपूर्ण बाट सभार