काठमाडौं । मंसिर १० गने निर्वाचन भएका ३२ जिल्लाहरुमा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदान भएका जिल्लाहरु मध्ये अधिकांस जिल्लाहरुमा मतगणना सुरु भएको हो । केही जिल्लाहरुमा सर्वदलिय बैठक बसिरहेको छ ।
बिहीबार साँझ ५ बजेदेखि अधिकांश जिल्लाको मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचनको मतदान सकिएलगत्तै पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लाको मतगणना सुरु भएको हो।
आयोगले मतगणनाका लागि मतपेटिका तयारी अवस्थामा राखेको थियो। मंसिर १० गते पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो।
काठमाडौं । मंसिर १० गने निर्वाचन भएका ३२ जिल्लाहरुमा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदान भएका जिल्लाहरु मध्ये अधिकांस जिल्लाहरुमा मतगणना सुरु भएको हो । केही जिल्लाहरुमा सर्वदलिय बैठक बसिरहेको छ ।बिहीबार साँझ ५ बजेदेखि अधिकांश जिल्लाको मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचनको मतदान सकिएलगत्तै पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लाको मतगणना सुरु भएको हो।
आयोगले मतगणनाका लागि मतपेटिका तयारी अवस्थामा राखेको थियो। मंसिर १० गते पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो।










