झापामा ७१ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । पछिल्लो समयमा सबैतिरबाट लिएको विवरण अनुसार ७१ प्रतिशत मत खसेको पाईएको जनाईएको छ ।
यसैबीच मध्यरातीसम्ममा सबै मतदान केन्द्रबाट मत पेटिका आइसक्ने र बिहानदेखि गणना गरिने बताईएको छ । बिहान चाडै देखि मतगणनाको तयारी भइरहेको बताइएको हो ।
५ वटा निर्वाचन क्षेत्रको ५ वटै स्थानमा मत गणना हुनेछ । प्रत्येक घण्टामा मत परिणाम सार्वजनिक गरिने ब्यवस्था मिलाइने बताईएको छ ।










