तिनिधिसभा निर्वाचनमा नुवाकोटमा नेपाली कांग्रेसका दुवै उम्मेदवार अर्जुननरसिंह केसी र रामशरण महत पछाडि परेका छन्। पछिल्लो मत परिणामअनुसार नुवाकोटका दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

मत परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ३ हजार ३ सय ३३ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रामशरण महतले २ हजार ८ सय ७१ मत ल्याएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडा ३ हजार ७० मत पाएका छन्। कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले १ हजार ९ सय ७० मत ल्याएका छन् ।