ललितपुरमा क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा बिहिबार बेलुकादेखि नै मतगणना सुरु भइसकेको छ । तर, धेरैको चासो रहेको ललितपुर क्षेत्र नम्बर १ मा भने मतगणना सुरु भएको छैन ।

ललितपुरको क्षेत्र नम्बर  १ मा कांग्रेसबाट अर्थराज्यमन्त्री उदय शमशेर राणा तथा एमालेबाट पूर्वडिआईजी नवराज सिलवाल प्रतिस्पर्धामा छन् । जसकारण उक्त क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मतपेटिका जम्मा भइनसकेकाले ललितपुर १ मा मतगणना सुरु हुन नसकेको  जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ । ललितपुर १ मा दक्षिण भेगमा पर्ने दुर्गम गाउँहरु पर्दछन् ।

 दक्षिणी भेगबाट मतपेटिका ओसार्ने काम भइरहेको ललितपुरका एसएसपी गणेश ऐरले बताए । मतपेटिका जम्मा भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।