माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा केहि समयपछि मतगणना हुदैछ । अहिले मत गणनाका तयारी भइरहेको जानकारी दिईएको छ ।
दाहालको यो निर्वाचन क्षेत्रको मतगणनालाइ महत्वका साथ हेरिएको छ । अहिले मतदान स्थल नजिक सर्वसाधरणको धेरै भिड रहेको जनाईएको छ ।
स्थानीय क्षेत्रको निर्वाचनमा बिश्वको हेराइ बनेको चितवन यो पटक पनि त्यस्तै हेराइ बनेको छ । यहाँ प्रचण्डका लागि चुनौती भएको क्षेत्रको रुपमा लिइएको छ । तर देशरको माहोलमा प्रचण्डको जित हुने आँकलन गरिएको छ ।
यसैगरी एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा पनि मत गणनाको अन्तिम तयारी हुदैछ । अब केहिबेरमा नै मतगणना शुरु हुने जानकारी गराइएको छ । सदरमुकाम भद्रपुरको सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।
o










