ताप्लेजुङबाट बाम गठबन्धनको उम्मेदवार भएका योगेश भट्टराइ प्रतिनिधिसभा सदस्यमा बिजयी भएकाछन् । उनको चुनावीसभामा गएर मतदातालाई जिताउन आग्रह गर्दै मन्त्री बनाएर पठाउने एमाले अध्यक्ष केपी ओलीले बताएका थिए । बाम गठबन्धनको बहुमत आउने अवस्था देखिएको छ । यस्तो अवस्थामा अब भट्टराइ मन्त्री बन्नेछन् ।

यस्तो छ उनको जिबनी

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एमालेका युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो । उहाँको बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो । उहाँले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ ।

नेता भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उहाँलाई पनि स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि बामपन्थी पृष्ठभूमीकै हुनुहुन्थ्यो ।

यही क्रममा उहाँले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाल्नुभयो । बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गर्नुभयो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उहाँले पटक पटक भाग लिनुभयो । २०५१ सालमा उहाँ अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभयो ।

हाल उहाँ एमाले प्रचारविभाग प्रमुख तथा केन्दिय सचिव हुनुहुन्छ । नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेद्वार बन्नुभएको थियो । यस पटक हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भने भट्टराई ताप्लेजुङबाट उम्मेदवार बन्नु भएको थियो।