प्रदेश नम्बर १को सेलुखुम्बु, ओखलढुङ्गा, ताप्लेजुङ, संखुवासभा तेह्रथुम, पाँचथर लगायत जिल्लामा मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार प्रदेश नंबर १ को प्रतिनिधिसभामा नेकपा एमालेको ७ स्थानमा अग्रता रहेको छ र माओवादी केन्द्रले ३ स्थानमा अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ नेपाली माओवादी केन्द्रका हेमकुमार राईले ८ हजार ५ सय २०मत पाप्त गरेका छन् भने, नेपाली कांग्रेसका बाल बाहादुर केसीले ५ हजार ४ सय ८५ मत पाप्त गरेका छन् । यस्तै ओखलढुङ्गामा एमालेका यज्ञराज सुनुवारले ३ हजार ८ सय २२ मत पाप्त गर्दा उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडाले २ हजार ४ सय ३६ मत पाप्त गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता खोटाङमा पनि बाम गठबन्धनले अग्रता लिएको छ । खोटाङमा एमालेका उम्मेदवार विशाल भट्टलाईले ७ हजार ९ सय ७६ मत पाप्त गरेका छन् भने, नेपाली कांग्रेसकी सरस्वती वजिमयले ५ हजार १ सय ७५ मत पाएकी छन् । यता संखुवासभामा पनि एमालेका राजेन्द्र गौतमले ७ सय ४३ मत पाप्त गर्दा नेपाली कांग्रेसका दीपक खड्काले ४ सय ७१ मत पाएका छन् ।

ताप्लेजुङमा पनि एमालेका योगश भट्टराई अगाडी रहेका छन् । उनले अहिलेसम्म ८ हजार ५ सय ३ मत पाप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका केशव दाहालले ५ हजार ५ सय ५० मत पाप्त गरेका छन् ।

भोजपुरमा भने लोकातान्त्रिक गठबन्धन अगाडी देखिएको छ । भोजपुरमा कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार उमेशजंग रायमाझीले५ हजार ६ सय २४ मत पाप्त गर्दै अगाडी छन् भने माओवादी केन्द्रका सुदन किरातीले ३ हजार ७ सय ५१ मत पाएका छन् ।

पाँचथरमा भने बाम गठबन्धनले नै अग्रता लिएको छ ।पाचथरका प्रतिनिधि सभामा वामगठबन्धनबाट उम्मेदवारी दिएका एमालेका बसन्तकुमार नेम्वाङले ७ हजार ४ सय ५१ मत पाप्त गर्दा कांग्रेसका भीष्म आङदेम्बेले ५ हजार ८ सय ३ मत पाएका छन् ।