प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा प्रदेश नम्बर ६ का अधिकांश निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता बनाएको छ ।

पहिलो चरणमा मतदान भएका प्रदेश नम्बर ६ मा मतगणना जारी रहेका जुम्ला, डोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु र कालिकोटका अधिकांश स्थानमा वाम गठबन्धनकै अग्रता छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जाजरकोट 

प्रदेश नम्बर ६ अन्तर्गत पर्ने उच्च पहाडी जिल्ला जाजरकोटमा पनि मतगणना जारी छ ।  पछिल्लो मतपरिसणामअनुसार जिल्लाको प्रतिनिधिसभा सदस्य उम्मेद्वारमा वामगठबन्धनका तर्फबाट माओवादीका शक्ति बस्नेत ५ हजार ९ सय ९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसमा राजीव विक्रम शाहले ४ हजार १ सय ५१ मत पाएका छन् ।

जिल्लाको प्रदेशसभा क मा पनि वामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका गणेशप्रसाद सिंहले ५ हजार ६ सय १५ मत पाउँदा नेपाली कांग्रेसका बेदराज सिंह ३ हजार ९ सय ७५ मत पाएका छन् । यसैगरी जिल्लाको प्रदेशसभा ख तर्फ वाम गठबन्धनका तर्फबाट एमालेका करबिर शाही ५ हजार ६ सय ९० मत पाउँदा कांग्रेसका दिपकजङ शाहले ४ हजार ५ सय ४ मत प्राप्त गरेका छन् ।

डोल्पा

डोल्पाको मतगणना जारी रहँदा  वामगठवन्धन प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका धनबहादुर बुढाले ५ हजार ७ सय ४४ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अंगदकुमार बुढाले २ हजार ७६ मत प्राप्त गरेका छन् ।

जिल्लाको प्रदेशसभातर्फ क मा बामगठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिहं बुढा विजयी भएका छन् । उनले ५ हजार ४ सय ९० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसको उम्मेदवार बेगमसिंह ठकुरी १ हजार २ सय १३ मत ल्याएका थिए ।

जिल्लाको प्रदेशसभा ख तर्फको पनि मतगणना जारी रहेको छ ।

पश्चिम रुकुम

पश्चिमी रुकुममा पनि वाम गठबन्धन नै अगाडी रहेको छ । जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धका तर्फबाट माओवादी केन्द्रका जनार्दन शर्मा निकै अगाडि रहेका छन् । शर्माले १७ हजार ७ सय ३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमरसिंह पुनले  ७ हजार २ सय ५१ मत प्राप्त गरेका छन् । जिल्लाको प्रदेशसभातर्फ क माओवादी केन्द्रका उम्मेद्वारले ९ हजार ६ सय ७ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका ४ हजार २ सय ७५ मत प्राप्त गरेका छन् ।

यसैगरी जिल्लाको प्रदेश ख तर्फको परिछल्लो मतपरणमअनुसार वाम गठबन्धनका उम्मेद्वारले ९ हजार १ सय ३३ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेद्वारको पक्षमा ४ हजार ३ सय ६६ मत प्राप्त भएको छ ।

कालिकोट

पछिल्लो मत परिणामअनुसार प्रदेश नम्बर ५ अन्तर्गतको एक मात्रै निर्वाचन क्षेत्र रहेको कालिकोटमा प्रतिनिधिसभा तर्फ वामगठबन्धन तर्फबाट माओवादी केन्द्रका दुर्गाबहादुर रावतले  ४ हजार ७ सय  मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका भुपेन्द्रजँग शाहीले ४ हजार १ सय ६८ मत प्राप्त गरेका छन् ।

जिल्लाको प्रदेशसभा क्षेत्र नं क तर्फ वामगठबन्धनका तर्फबाट नेकपा एमालेका कुर्मराज शाहीले ४ हजार ७ सय ६२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका तेजराज शाहीले १ हजार ५ सय ६९ मत प्राप्त गरेका छन् । यसैगरी जिल्लाको प्रदेशसभा क्षेत्र नं ख तर्फ वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीले ४ हजार ५० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका  कालीबहादुर सहकारीले २ हजार ६९ मत पाएका छन् ।

जुम्ला

पछिल्लो मत परिणमअनुसार एक मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रतिनिधिसभा तर्फ वामगठबन्धन तर्फबाट माओवादी केन्द्रका गजेन्द्र महतले  ४ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका देबेन्द्र शाहीले २ हजार ६ सय ७६ मत प्राप्त गरेका छन् ।

जिल्लाको प्रदेशसभा क्षेत्र नं क तर्फ वामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेश भण्डारीले ४ हजार १ सय ६ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका राजु सिह कठायतले २ हजार ९ सय ३१ मत प्राप्त गरेका छन् । यसैगरी जिल्लाको प्रदेशसभा क्षेत्र नं ख तर्फ वाम गठबन्धनका तर्फबाट एमालेका पदम रोकयाले ५ हजार ६९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका  भिमनिधी हमालले ३ हजार ५० मत पाएका छन् ।

हुम्ला

पछिल्लो मतपरिणामअनुसार हुम्लाको प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा कांग्रेसका मङगलबहादुर शाही अग्रस्थानमा रहेका छन् । उनले ६ हजार ६ सय ६५ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार छक्क लामाले ६ हजार २ सय ५१ मत प्राप्त गरेका छन् । वामगठबन्धनका तर्फबाट उम्मेदवार माओवादीका छिमी दोर्ची लामाले भने २ हजार १ सय १८ मत प्राप्त गरेका छन् ।

हुम्ला प्रदेशसभा क मा वाम गठबन्धनका तर्फबाट एमालेका दल रावल भने विजयी भएको खबर छ । रावलले २ हजार ९ सय ७९ मत पाउँदा उनका प्रतिस्पर्धी ठान बहादुर रोकायाले १ हजार ५ सय १ मत प्राप्त गरेका छन् । आधिकारिक घोषणा हुन भने बाँकी छ ।

जिल्लाको प्रदेश ख को मतगणना पनि जारी रहेको छ । ख मा पनि वा गठबन्धन अगाडि रहेको छ ।

मुगु 

मुगु जिल्लाका प्रतिनिधिसभा उम्मेद्वार वामगठबन्धनका तर्फबाट एमालेका गोपालबहादुर बम ७ हजार १ सय ५८ मत सहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका  हस्तबहादुर मल्लले ५ हजार ९ सय ६१ मत प्राप्त गरेका छन् ।