तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ललितपुरमा पनि वाम गठवन्धनले अग्रता बनाएको छ ।
ललितपुरको क्षेत्र नम्बर एकमा वाम गठवन्धनका नवराज सिलवाल अगाडि छन् भने दोस्रो स्थानमा नेपाली कांग्रेसका उदयशमशेर राणा दोस्रो स्थानमा छन् ।
ललितपुरको क्षेत्र नम्बर दुईमा वाम गठवन्धनका कृष्णलाल श्रेष्ठ पहिलो स्थानमा रहदा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र महर्जन दोस्रो स्थानमा छन् ।

ललितपुरको क्षेत्र नम्बर तीनमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्य अग्रस्थानमा रहँदा वाम गठवन्धनकी उम्मेदवार पम्फा भुसाल दोस्रो स्थानमा छिन् ।









