प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका डा बावुराम भट्टरार्इले आफ्नो अग्रता बढाउँदै लगेका छन्। वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई भट्टराईले २ हजार भन्दा बढी मतले पछि पारेका छन्। पछिल्लो गणना अनुसार भट्टराईको १२ हजार ८ सय ५ मत छ भने श्रेष्ठले १० हजार ७ सय मत पाएका छन्।
यसअघि गोरखा क्षेत्र नम्बर २ को एउटा गणना स्थलको मतगणना रोकिएको थियो। मतदात संख्या भन्दा बढी मतपत्र भेटिएपछि विवाद उत्पन्न भई मतगणना राेकिएको थियो। गाेरखा-२ को चर्तुमाला मतदान केन्द्रमा मुचुल्कामा उठाएभन्दा बढी मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको हो।
७ सय ३६ मत खसेकाेमा ४४ मत बढी भेटिएको बताइएको छ। क्षेत्र नम्बर २ को दुई ठाउँमा गणना भइरहेकोमा एक ठाउँको गणना स्थगित भए पनि अर्को ठाउँको मत गणना भने जारी छ।










