दमक नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहित काँग्रेसका अधिकाँश शिर्ष नेताहरुलाइ प्रारम्भिक मत परिणामले झस्काएको छ । देउवा ५ सय मतले पछाडि परेकाछन् ।
यसैगरी रामचन्द्र पौड्याल पनि सुरक्षित रहेका छैनन् । झापामा कृष्ण सिटौलालाइ पनि झड्का लागेको छ । काँग्रेसका अधिकाँश चर्चित र प्रभावशाली नेताहरु बाम गठबन्धनका उम्मेदवारहरुले राम्रै संग पछारिरहेकाछन् ।
काँग्रेस नेतृ आर्जु देउवाका लागि पनि चुनाव जित्नु फलामको चिउरा चपाउनु जस्तै अवस्था हुन लागेको छ । काँग्रेस शिर्ष नेताहरु नै निर्वाचन हार्ने अवस्था देखिन थालेको छ ।
प्रारम्भिक नतिजामात्र भएकाले अहिले नै यसै भन्न सक्ने अवस्था नरहेपनि केहि काँग्रेसका प्रभावशाली नेताहरु भने हार्ने निश्चित जस्तै बनेकाछन् ।










