मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डित विजयी भएका छन्।

लालबाबुले नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालालाई ६ सय ७५ मतको अन्तरले हराएका हुन्। उनले मतगणना थालिएसँगै शेखर विरुद्ध सुरुदेखि नै अग्रता कायम गरेका थिए।लालबाबुले ३३ हजार नौ सय ४१ मत प्राप्त गर्दा शेखरले ३३ हजार २ सय ६६ मत ल्याएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले नेता लालबाबु तत्कालीन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री हुँदा डिभी/पिआरधारी कर्मचारीहरुलाई कारबाही गरेर चर्चामा आएका थिए।