सिन्धुपाल्चोक– सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार विजयी भएका छन्।
एमालेका शेरबहादुर तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई ८ हजार ३२ मतले पछि पारेका हुन्।
शेरबहादुरले ३८ हजार ४ सय १ मत पाएका छन्। राणाले ३० हजार ३ सय ६९ मत पाए ।










