झापाको क्षेत्र नं. ५ क मा भइरहेको मतगणना अनुसार हिक्मत कार्की अघि देखिएकाछन् । बाम गठबन्धनका उम्मेदवार कार्कीले ६३९८ मत पाएकाछन् भने उनलाइ पछ्याइरहेका काँग्रेसका अनिलकृष्ण प्रसाइले ३ हजार ६ सय ८८ मत पाएको बताईएको छ ।
यो साविक तोपगाछी र हाल कमल गाँउपालिकाको वडा नं. १, २,३ र ४ नम्बरको मत गणना भइसक्दाको नतिजा हो । यो नतिजा अनुसार कार्कीले ३ हजार ७ सय १० मतले अग्रता लिएकाछन् ।










