पूर्वडीआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नं १ मा विजयनजिक पुगेका छन् । पछिल्लो मत परिणामअनुसार बाम गठबन्धनका उम्मेदवार सिलवाल नेपाली काँग्रेसका उम्मेदवार उदयशमशेर राणाभन्दा तीन हजार तीन सय ४७ मतले अगाडि देखिएका हन् ।

जिल्ला निर्वाचन कार्यालय ललितपुरका अनुसार हालसम्म नवराज सिलवालले १४ हजार सात सय ४० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका राणाले ११ हजार तीन सय ९४ मत प्राप्त गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड