मोरङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता डा.मिनेन्द्र रिजालले आफुले पार्टीका पूर्वसभापति स्वः गिरिजाप्रसाद कोइरालाको आदर्शलाई पछ्याउने बताएका छन् । उनी कोइरालाकै क्षेत्रबाट बिजयी भएका हुन् ।
विजयी भएपछि नेपाललाइभसँग कुरा गर्दै उनले कोइरालाकै आदर्शलाई आफुले राजनीतिमा पछ्याउने बताए । ३५ हजार ८ सय १९ मतका साथ रिजाल बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत पाए ।










