काठमाडौं- जारी मतगणनामध्ये ४८ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसमा वाम गठबन्धनको एमालेले अग्रता लिइरहेको छ।

४८ मध्ये २७ स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन्। माओवादी दोस्रो स्थानमा रहेको छ। माओवादीले हालसम्म १२ स्थानमा जित हात पारेको छ। नेपाली कांग्रेसले भने ६ स्थानमा मात्र जित हात पारेको छ। नयाँ शक्ति र संघीय समाजवादी १/१ स्थानमा जित हात पार्न सफल भएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वियजी प्रतिनिधिसभा एमाले २७ माओवादी १२ कांग्रेस ६ संघीय समाजवादी १ नयाँ शक्ति १ स्वतन्त्र १ जम्मा ४७

प्रदेशसभातर्फ हालसम्म ५५ स्थानको मतपरिणाम घोषणा भएको छ। जसमा एमालेले ३२, माओवादीले ११ र कांग्रेसले ७ स्थानमा जित हात पारेको छ। नयाँ शक्ति र अन्य दलका उम्मेदवारले ५ स्थानमा जित हात पार्न सफल भएका छन्।

विजयी प्रदेशसभा एमाले ३२ माओवादी ११ कांग्रेस ७ अन्य ५ जम्मा ५५

२०४ स्थानको मतगणना भइरहँदा प्रतिनिधिसभातर्फ पनि एमाले अग्रस्थानमा छ। एमाले ५६ स्थानमा अगाडि छ भने माओवादी २१ स्थानमा अग्रस्थानमा छ। कांग्रेस १९ र अन्य २० स्थानमा अगाडि छन्।

अग्रता प्रतिनिधिसभा एमाले ५६ कांग्रेस १९ माओवादी २१ अन्य २० जम्मा ११६

प्रदेशसभातर्फको अग्रतामा पनि पनि एमाले पहिलो नम्बरमा छ। एमाले ९० स्थानमा अगाडि छ भने माओवादी ५० स्थानमा अगाडि छ। नेपाली कांग्रेस ४३ स्थानमा र अन्य पार्टी २१ स्थानमा अग्रस्थानमा छन्।

प्रदेशसभाको अग्रता एमाले ९० माओवादी ५० कांग्रेस ४३ अन्य २१ जम्मा २०४

विजयी उम्मेदवारको नामसहित एमाले १. पाल्देन गुरुङ - मनाङ २. प्रेम तुलाचन – मुस्ताङ ३. भूपेन्द्र थापा – म्याग्दी ४. भैरवबहादुर सिंह – बझाङ ५. गोपाल बम – मुगु ६. गणेशसिंह ठगुन्ना – दार्चुला ७. धनबहादुर बुढा – डोल्पा ८. सूर्य पाठक – बागलुङ ९. योगेश भट्टराई – ताप्लेजुङ १०. भूमि त्रिपाठी - धादिङ १ ११. कृष्ण राई - काठमाडौं ३ १२. जीवनराम श्रेष्ठ - काठमाडौं ८ १३. भानुभक्त ढकाल - मोरङ ३ १४. लालबहादुर थापा – बाजुरा १५. लालबाबु पण्डित - मोरङ ६ १६. कृष्णलाल महर्जन - ललितपुर २ १७. शेरबहादुर तामाङ - सिन्धुपाल्चोक २ १८. यज्ञराज सुनुवार - ओखलढुंगा १ १९. घनश्याम खतिवडा - मोरङ १ २०. कृष्णगोपाल श्रेष्ठ - काठमाडौं ९ २१. दामोदर भण्डारी - बैतडी २२. वसन्तकुमार नेम्वाङ - पाँचथर २३. पार्वत गुरुङ - दोलखा २४. कृष्णलाल महर्जन - ललितपुर २ २५. रवीन्द्र अधिकारी - कास्की २ २६. माधवकुमार नेपाल - काठमाडौं २ २७. रविन्द्रराज शर्मा – दैलेख १

माओवादी १. जनार्दन शर्मा - रुकुम पश्चिम २. कमला रोका - रुकुम पूर्व ३. देवेन्द्र पौडेल - बाग्लुङ २ ४. अग्नि सापकोटा - सिन्धुपाल्चोक १ ५. पम्फा भुसाल - ललितपुर २ ६. शक्ति बस्नेत - जाजरकोट ७. हेमकुमार राई - सोलुखुम्बु ८. अमनलाल मोदी - मोरङ ४ ९. गजेन्द्र महत - जुम्ला १०. दुर्गाबहादुर रावत- कालिकोट ११. देव गुरुङ - लमजुङ १२. शिवकुमार मण्डल- मोरङ ५

कांग्रेस १. गगन थापा - काठमाडौं ४ २. प्रकाशमान सिंह - काठमाडौं १ ३. मोहन आचार्य - रसुवा ४. राजेन्द्र केसी - काठमाडौं १० ५. मिनेन्द्र रिजाल - मोरङ २ ६. भीमसेनदास प्रधान - काठमाडौं ६

स्वतन्त्र १. छक्कबहादुर लामा – हुम्ला

संघीय समाजवादी फोरम १. उपेन्द्र यादव - सप्तरी २