गाेरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका डा बाबुराम भट्टराई विजयी भएका छन्।
गोरखाका प्रमुख निर्वाचन अधिकृतले गोरखा २ को नतिजाको औपचारिक घोषणा गरेका हुन्।
कांग्रेसको समर्थनमा चुनावमा उत्रिएका भट्टराईले वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजति गरेका हुन्। डा भट्टराई ३२ हजार १ सय ७ मत ल्याई विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९ सय ३३ मत प्राप्त गरे। डा भट्टराईले ७ हजार १ सय ७४ मतले श्रेष्ठलाई हराएका हुन्।










