कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उमेदवार नारदमुनी रानाले अग्रता बढाएका छन् । उनले नेपाली कांग्रेसकी उमेदवार डा. आरजु राणा देउवालाई १ हजार २३३ मतले पछि पार्दै अग्रता बढाएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उमेदवार नारदमुनी रानाले १३ हजार ८४१ मत ल्याएका छन् । १२ हजार ५९८ मतका साथ कांग्रस नेतृ डा. राणा पछ्याइरहेकी छन् ।
कारागारबाटै चुनाव लडिरहेका राष्ट्रिय जनता पार्टीका उमेदवार लक्ष्मण थारुले ४ हजार ८४० पाएका छन् । उनी टीकापुर घटनाका ‘अभियुक्त’ हुन् । त्यस्तै कैलाली–५ मा विवेकशील साझाका दिनेशराज भण्डारीले १५ सय ६६ मत पाएका छन् ।
उक्त क्षेत्रमा अहिलेसम्म ३४ हजार ७४७ मतपत्र गणना भइसकेको छ । कैलाली–५ मा ९१ हजार ८१८ मत खसेको थियो ।










