ललितपुर क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेका उम्मेदवार पूर्वडीआईजी नवराज सिलवाल विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल सो क्षेत्रमा मतगणना चलिरहेको छ । अब ३६ सय मत मात्र गन्न बाँकी रहेको कार्यालयले जनाएको छ । तर, सिलवाल हाल आफ्ना प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाभन्दा ५ हजार ४ सय १६ मतले अगाडि छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाल सिलवालले २३ हजार ५६ मत प्राप्त गरेका छन् भने रानाले १७ हजार ६ सय ४० मत प्राप्त गरेका छन् । अब चाँडै नै मत परिणाम सार्वजनिक गरी विजयी उम्मेदवारको नाम घोषणा गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।