काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनको अग्रता बढ्दै गएको छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फ कम्युनिष्ट गठबन्धनले नेपाली कांग्रेसलाई ४ हजार ९५ मत अन्तरले पछि पारेको छ ।

उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा रहेकी नेकपा माओवादी नेतृ बीना मगरले ९ हजार ७६४ मत ल्याएकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका निकटतम् प्रतिद्वन्द्वी दिवानसिँह विष्टले ५ हजार ६६९ मत प्राप्त गरेका छन् ।

कञ्चनपुर–१ मा खसेका कुल ८८ हजार ०५९ मतमध्ये अहिलेसम्म १७ हजार ४१ मतपत्र गणना भइसकेको छ ।