ललितपुरको क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार नवराज सिलवाल विजयी भएका छन् । ६२ सय १७ मतान्तरसहित उनी विजयी भए ।

सिलवालले २६ हजार ९ सय ४६ मत ल्याए भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उदयशमशेर राणाले २० हजार ७ सय २९ मत ल्याए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत भदौमा डिआईजी पदबाट राजिनामा दिएर राजनीतिमा लागेका सिलवाल तीन महिनामै सांसद बनेका छन् ।