यो क्षेत्रको प्रतिनिधिसभा सदस्यको मतगणनामा काँग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री मोहनसिंह राठौर कुनै समयमा आफ्ना सहयोगी (पिए) रहेका एमाले उम्मेदवार झपट रावलसँग प्रारम्भिक मतगणनामा पछि परेका छन्।

हालै मात्र एमालेबाट काँग्रेस प्रवेश गरेर टिकट पाएका राठौरले ५४० मत पाउँदा एमाले उम्मेदवार रावलले राठौरलाई उछिन्दै एक हजार ७३ मत पाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन क्षेत्र नं ३ को पछिल्लो मतगणनामा (माओवादी केन्द्र)का गौरीशंकर चौधरीले पाँच हजार १६३ मत ल्याउँदा काँग्रेसका रामजनम चौधरीले चार हजार हजार १७१ मतले उनलाई पछ्याइरहेका छन्। पूर्वमन्त्रीसमेत रहनुभएका यी दुवै जनाबीच कडा टक्कर रहेको छ।

यो निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

यस्तै, निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका लेखराज भट्टले १० हजार ३९३ मत ल्याउँदा नेपाली काँग्रेसका सुनीलकुमार भण्डारीले छ हजार ४४६ मत प्राप्त गरेका छन्।

यो क्षेत्रका दुवै प्रदेशसभा सदस्य पदमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।