यो एक एेतिहासिक घडी हो, यो सत्यको विजय हो, न्याय, सुशासन र समृद्धिको विजय हो । समग्रमा भन्नुपर्दा यो परिवर्तनको अाशा राख्नुभएका सम्पूर्ण अाम जनताको विजय हो । यो विजयको लागि मलाई विश्वास गर्नुहुने सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गर्दै खुशी बाँड्न चाहन्छु । अब हामी समृद्धि तर्फ लम्किने बेला अाएको छ ।