गुलरिया । जारी मत गणनाको पछिल्लो परिणामअनुसार नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम झिनो मतले अगाडि बढेको छ ।
बर्दियाको क्षेत्र नम्बर १ को ताजा अवस्थामा गौतमको मतान्तर निकै घटेको छ । उनले २५ हजार ८ सय ४० मत प्राप्त गर्दा नेपाली काँग्रेसका सञ्जय गौतमले २५ हजार ५ सय ४० मत ल्याएका छन् ।
सुरुवातीदेखि अग्रता लिएका गौतमको पछिल्लो पटक मतान्तर निकै घटिरहेको छ भने संजयले घटाइरहेका छन् । उनको पछिल्लो पटक बढेको मतले एमाले कार्यकर्तालाई डर लागेको छ भने काँग्रेस कार्यकर्ताहरुले मतगणना बाहिर नारा लगाउने तयारी गरिरहेका छन् ।










