प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उमेदवार खगराज भट्टलाई छ हजार ९२२ मतले पराजित गर्दै प्रधानमन्त्री देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यद्यपी निवाचन आयोगले अन्तिम परिणामको औपचारिक घोषणा भने गरेको छैन् ।

उनले कुल खसेको मत मध्ये २८ हजार ४४ मत ल्याएका छन् । देउवाका प्रतिद्वन्द्वी खगराज भट्टले २१ हजार ११५ मत पाएका छन् । डडेल्धुरामा ८१ हजार ७३६ मत खसेको थियो ।