बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा एमाले नेता वामदेव गौतम पछि परेका छन् । सिँचाई मन्त्री सञ्जयकुमार गौतमले नेकपा एमालेका उपाध्यक्ष समेत रहेका गौतमलाई करिब २४ सय मतले पछि पारेका छन् ।
पछिल्लो अपडेटअनुसार सिँचाई मन्त्री गौतमले ३४ हजार ४ सय ४ मत प्राप्त गरेका छन् । एमाले उपाध्यक्ष गौतमले ३१ हजार ९ सय ४८ मत पाएका छन् । बामदेव भन्दा संजय २४ सय ५६ मतले अघि छन् ।
बर्दिया–१ कुल एक लाख ३९ हजार ३६२ मत खसेको थियो । देशभरी नै बाम गठबन्धनका उम्मेदवारहरुले जितिरहेका बामदेव पनि पछि परेका छन् ।










