काठमाडौं । नेकपा एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेत भक्तपुर–२ बाट निर्वाचित भएका छन् । बस्नेतले प्रतिनिधिसभातर्फ १७ हजार मतान्तरले कांग्रेसका पाका नेता एवम् पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गरेका हुन् । ढुंगाना ०४८ देखि ०५८ सम्म सभामुख थिए ।

बस्नेत ३६ हजार ४१२ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी ढुंगानाले १८ हजार ७७५ मत ल्याए ।