गुल्मी क्षेत्र नं. १ मा एमाले नेता प्रदीप ज्ञवाली विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी कांग्रेसका चन्द्र भण्डारीलाई हराउदै उनी विजयी भएका हुन् ।

ज्ञवालीले ३७ हजार ५ सय ५५ मत ल्याए भने भण्डारीले २९ हजार ४ सय ५० मत प्राप्त गरे । २०७० सालको निर्वाचनमा भण्डारीले ज्ञवालीलाई पराजित गरेका छन् । यसपटक ज्ञवालीले उनलाई पराजित गरेर बदला लिएका छन् ।