काठमाडौं- सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नं २ मा माओवादी केन्द्रका हरिबोल गजुरेल विजयी भएका छन्। गजुरेल १२ हजार ५२ को मतान्तरले विजयी भएका छन् ।
गजुरेलको ३० हजार १७९ मत आएको छ । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत प्राप्त गरे ।
मतगणनाको शुरुदेखि नै गजुरेलले अग्रता लिएका गजुरेलको यो दोस्रो जित हो ।
यस अघि उनी ०७० मा भएको संविधानसभा निर्वाचनमा सिन्धुलीको ३ नं क्षेत्रबाट विजयी बनेका थिए । गजुरेल पूर्व कृषि मन्त्री पनि हुन् ।










