विष्णुप्रसाद पोखरेल दमक/काँग्रेसको आस्थाको धरोहर बिश्वप्रकाशलाइ राम कार्कीलै सहजै हराए, यस्तो आयो नतिजा महत्वका साथ हेरिएको झापाको क्षेत्र नं. १ मा माओबादी केन्द्रका नेता एवं पूर्व सञ्चार मन्त्री राम कार्की बिजयी भएकाछन् । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता राम कार्कीले शर्मालाइ सहज रुपमा जितेकाछन् ।
कार्की र शर्मा दुबै जना जसरी पनि जित्नु पर्ने दबाबमा रहेका थिए । बाम गठबन्धनका उम्मेदवार कार्कीले निक्कै मतान्तरले शर्मालाइ पराजित गरेकाछन् । युवाहरुमाझ लोकप्रीय रहेका शर्माले यो पटक जित्ने सोचेका थिए ।
कार्कीलाइ बाहिरबाट आएको भन्दै आरोप लगाइएपनि कार्कीले यसलाइ चिर्दै मत मागेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा कुनै पनि हालतमा कार्कीलाइ जिताउनै पर्ने भन्दै स्थानीय नेतृत्वलाइ समेत कडा दबाब सिर्जना गरेका थिए ।
शुरुवाती चरणमा तिब्र प्रतिस्पर्धा रहेको थियो । तर शुरुवात देखि कार्कीले अग्रता लिएपछि त्यसलाइ एकपटक पनि शर्माले भेटाउन सकेनन् । शुरुमा झिनो मतान्तर र बीचमा केहि अन्तर बनाएका कार्कीले अन्तिममा अग्रतालाइ बढाएका थिए । कार्कीले २९ सय १५ मत अन्तरले आफूलाइ बिजयी गराएकाछन् ।झापा १ र झापा ३ काँग्रेसले जित्ने सोचेको क्षेत्र रहेको थियो । झापा ३ पनि काँग्रेसले गुमाउने निश्चित बनेको छ । यहाँबाट कृष्ण सिटौला हार्दैछन् । शर्मा र सिटौला हार्नु काँग्रेस झापाका लागि अकल्पनीय घटना बनेको छ ।










