झापाको क्षेत्र नं. ३ मा राजेन्द्र लिङदेन बिजयी भएकाछन् । नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाइ भारी मतान्तरले पराजित गर्दै उनि बिजय भएकाहुन् । नेपाली काँग्रेससंग गठबन्धन गरेको काँग्रेसले यो क्षेत्रमा भने त्यसलाइ तोडेपछि देशभर नै चर्चा भएको थियो । सिटौलाले लिङदेनलाइ यहाँ छाडन नमानेपछि जिल्लामा समिकरण नै बदलिएको थियो । बाम गठबन्धनमा लिङदेन आएका थिए । समानुपातिकमा १ नम्बरमा नाम रहेका सिटौला यस क्षेत्रमा जित्ने भन्दै आएका थिए । औपचारिक घोषणा सहितको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।
राप्रपा नेपालका महामन्त्री राजेन्द्र प्रसाद लिङदेनको जन्म २०२२ सालको भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । उहाँले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले २०३९ सालदेखि राजनीति सुरु गर्नु भएको हो । उहाँ राप्रपाको विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी संगठनको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । २०४९ र २०५४ सालको चुनावमा उहाँ झापाको गोलधापमा वडाध्यक्ष विजयी हुनुभयो । २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित हुनुभएको थियो । २०५६ सालको चुनावमा झापा क्षेत्र नं ३ मा तेश्रो भएका लिङदेन २०७० सालको चुनावमा दोश्रो हुनु भएको थियो । यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला विजयी हुनुभयो । २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य भएका लिङदेन २०७० सालमा राप्रपा नेपालको महामन्त्री हुनुभयो ।









