झापा–२ बाट प्रतिनिधिसभातर्फ एमाले नेतृ पवित्रा निरौला खरेल विजयी भएकी छन् । खरेलले ४५ हजार ८१७ मत ल्याएर कांग्रेसका जिल्ला अध्यक्ष उद्धव थापालाई पराजित गरेकी हुन् । थापाले ३२ हजार ५० मत ल्याएका छन् ।

योसँगै झापाका ५ वटै सिटमा वामपन्थीले जित हासिल गरेको छ । १ नम्बर निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका सुरेन्द्र कार्की, ३ मा राप्रपाका राजेन्द्र लिङ्देन, ४ मा एल पी साँवा र ५ नम्बर निर्वाचन क्षेत्रमा एमाले अध्यक्ष ओली निर्वाचित भएका हुन् । प्रदेशतर्फ भने पूरै परिणाम आइसकेको छैन ।