सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छादारले आफ्ना प्रतिस्पर्धीसँगको दूरी घटाएका छन्।
एमालेकी भगवती चौधरीसँग फराकिलो अन्तरलाई कम गर्दै गच्छादारले ९ सय ७७ मतमा दूरी कायम गरेका छन् । एमालेकी चौधरीको २१ हजार ६ सय ६५ मत रहेको छ भने गच्छदारको २० हजार ६ सय ८८ मत ल्याएका छन्।
अघिल्लो संविधान सभाको निर्वाचनमा थोरै मतले चौधरीलाई पराजित गरेका थिए । यस पटक नेपाली कांग्रेसका तर्फवाट उठेको र चौधरी माओवादी र एमालेको वाम गठवन्धनको साझा उम्मेदवार भएका कारण कडा प्रतिस्पर्धा भईरहेको छ । ४६ हजार ८ सय ६२ मत गन्दा उनी ९ सय मतले पछाडी परेका हुन् ।










