काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उमेदवार भरतकुमार स्वाँर सात हजार १६४ मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
उनले कुल खसेको मत मध्ये २४ हजार ८८३ मत प्राप्त गरेका छन् । एमाले उपाध्यक्ष रावलका प्रतिष्पर्धी कांग्रेस उमेदवार स्वाँरले १७ हजार ७१९ मत ल्याएका छन् ।










