काठमाडौं– प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ एक सय ६५ सिटमध्ये एक सय १६ सिटको नजिता सार्वजनिक भएको छ । जसमध्ये तीन सिटमा महिला नेतृहरु विजयी भएका छन् । माओवादी केन्द्रबाट २ तथा एमालेबाट एक महिला नेतृ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

१.पवित्रा निरौला : झापा झापा क्षेत्र नम्बर २ बाट एमालेकी पबित्रा निरौला १३ हजार मतान्तरले विजयी भइन् । कांग्रेसका उम्मेदवार उद्धव थापालाई उनले पराजित गरेकी हुन् । निरौलाले ४५ हजार ८ सय १७ ल्याए भने थापाले ३२ हजार ५० मत ल्याए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२.पम्फा भुषाल : ललितपुर  माओवादी नेतृ पम्फा भुषाल ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । कांग्रेसका उम्मेदवार मदत अमात्यलाई पराजित गर्दै उनी विजयी भए । भुषालले २४ हजार ३६ मत ल्याइन् भने अमात्यले २२ हजार ३ सय २८ मत प्राप्त गरे ।

३.कमला रोक्का  : पूर्वी रुकुम  पूर्वी रुकुममा माओवादी केन्द्रकी कमला रोक्का ६ हजार मतान्तरले विजयी भएका छिन् । १० हजार ४ सय ३४ मतसहित उनी विजयी भइन् । कांग्रेसका उम्मेदवार हरिशंकर घर्ती मगरलाई उनले पराजित गरिन् । हरिशंकरले ४४ सय ६ मत प्राप्त गरे ।

मञ्जु र भगवतीको अग्रता  त्यस्तै मतगणना भइरहेका दुई स्थानमा एमालेका दुई महिला उम्मेदवारले पनि अग्रता लिइरहेका छन् । उदयरपुर १ मा मञ्जु चौधरी तथा सुनसरी ३ मा भगवती चौधरीको अग्रता छ ।