निर्वाचनअघि पत्रकार ऋषि धमलासँग एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कांग्रेसले २५ सिटपनि नजित्ने भनेर दाबी गरेको कुरा सत्य सावित भएको छ ।

निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले १४ सिटमा विजयी हाँसिल गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंसिर २१ गतेको दोस्रो चरणको निर्वाचन सुरु हुनुभन्दा दुई दिन अघि अर्थात मौन अवधि चलिरहेको बेला (मंसिर १८) गते पत्रकार ऋषि धमलाले एमाले अध्यक्ष ओलीसँग विशेष अन्र्तवार्ता गरेका थिए ।

उक्त अन्र्तवार्तामा ओलीले कांग्रेसले २० देखि २५ सिटपनि नकटाउने ठोकुवा नै गरेका थिए । आज आएर उनको यो ठोकुवा पूरा भएको छ ।

अध्यक्ष ओलीले निर्वाचनलगत्तै वाम गठबन्धनले सरकार बनाउनेसमेत बताएका थिए । (भिडियोसहित)

https://youtu.be/u5mHSyW8e1w