प्रेम देवान विराटनगर २४ मंसिर । गत मंसिर २१ गते राती महिला म्यादी प्रहरी माथी दुव्र्यबहार, ३ घन्टा कार्यलय घेराउ भन्ने शिर्षक समाचारको प्रभाव परेको छ । देश तथा विदेश सम्म अवार विराटनगर डट नेटको माध्यमबाट करिब ८० हजार भन्दा बढीले हेरेर दिएको प्रतिक्रियासँगै मोरङ जिल्लाका एक प्रहरी ईन्र्चाज माथी छानविन सुरु गरिने भएको छ ।
मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधी सभाको चुनावमा खटिएका म्यादी प्रहरी माथी मोरङको नेमुवा स्थित रहेको ईलाका प्रहरी कार्यलयका प्रहरी ईन्चार्ज टंक प्रसाद कोईरालले चुनावमा खटेर आएका म्यादी प्रहरी महिला माथी अभद्र र अपशब्द भाषा प्रयोग गर्दै गाली गलौज गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय मोरङले छानविन गरी अनुसन्धान सुरु गरेको हो । ईलाका प्रहरी कार्यलय नेमुवाका प्रहरी प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले महिला म्यादी प्रहरी माथी कुटपिट तथा अपशब्द प्रयोग गर्दै राती ३ बजे नै उठाएर भाटाले पिटे, महिला म्यादी प्रहरीको कोठामा कपडा फेर्दै गरेको अबस्थामा सिधैं कोठामा प्रवेश गर्ने, कार्यलय परिसर भित्रै सुर्तिजन्य पदार्थ खाएर म्यादी प्रहरी कै अगाडी थुकेर असभ्यको परिचय दिने जास्ता आरोपमा अनुसन्धान सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव उपरीक्षक विष्णुहरी कोईराला ( डिएसपी )को नेतृत्वमा छानविन समिती बनाई आईतबार देखि नै नेमुवाका प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईराला माथी छानविन सुरु गरिएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रहरी प्रमुख अरुण कुमार बिसीले जानकारी दिए ।
प्रहरी प्रमुख (एसपी) बिसीले भने,‘यदि छानविन गर्दा नेमुवाका प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले गलत भएको पृष्टी भेटिए कारबाही हुन्छ ।’ म्यादी प्रहरी माथी दुव्र्यबहार भएको समाचार आउनसाथ हामीले एउटा छानविन समिती बनाई हिजैबाट अनुसन्धानको कार्यलाई अगाडी बढाएका छौ ।’कुनै पनि प्रहरीले यस्तो गलत कार्य भने गर्न पाउदैन, चाडो भन्दा चाडो छानविन समितीबाट यथार्थ घटना पत्ता लगाई छानविन गरी कारबाही गर्ने एसपी विसीले बताए ।
म्यादी प्रहरी माथी नेपाल प्रहरीले ज्यादती गरेको भन्दै ईलाका प्रहरी कार्यलय नेमुवामा ३ घन्टा सम्म गत शुक्रबार घेराउ समेत गरेका थिए । उनीहरुले बिना काममा तथानाम गाली गलोज अप शब्द प्रयोग गर्दै पिट्ने सम्म त्यहाँ खटिएका म्यादी प्रहरीले आरोप लगाएका थिए । यसरी आफूहरु माथी प्रहरीबाट नै दुव्र्यबहार गरेको भन्दै ईलाका प्रहरी कार्यलय नेमुवामा प्रहरी ईन्चार्जको निलम्बन र कारबाहीको माग गर्दै आन्दोन सम्ोत गरेका थिए । रवि लामीछानेले पनि चासो दिदै न्यायको खोजी तिर लागे

आवर विराटनगर डट नेटमा महिला म्यादी प्रहरी माथी प्रहरी ईन्र्चाजद्धारा दुव्र्यबहार भन्ने शिर्षकमा प्रकाशित तथा प्रशारण भएको समाचार प्रति ध्यानआर्कषण जनाउदै रवि लामीछानेले समाचारलाई फ्लोअप गरेका छन् ।
गत मंसिर २१ गते राती महिला म्यादी प्रहरी माथी दुव्र्यबहार भनेर आवर विराटनगरमा समाचार आएपछि न्यूज २४ का सिदा कुरा जनतासँग भन्ने कार्यक्रममा पिडीत र सम्बन्धीत निकायसँग कुराकानी गर्दै समाचारको विषय खोज अनुसान्धान गरेका थिए ।
मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधी सभाको चुनावमा खटिएका म्यादी प्रहरी माथी मोरङको नेमुवा स्थित रहेको ईलाका प्रहरी कार्यलयका प्रहरी ईन्चार्ज टंक प्रसाद कोईरालले चुनावमा खटेर आएका म्यादी प्रहरी महिला माथी अभद्र र अपशब्द भाषा प्रयोग गर्दै गाली गलौज गरेको म्यादी प्रहरीबाट आरोप लगाईएको थियो ।
https://youtu.be/UKVIv8Lhpc0










