मुम्बर्इ– बलिउडका बादशाह अमिताभ बच्चनकी नातिनी नाव्या नबेली र बलिउडका किङ खान शाहरुख खानका छोरा आर्यन खानको सम्बन्धलाई लिएर विभिन्न चर्चा हुन थालेको छ।

अघिल्लो वर्ष ग्य्राजुएट पछिको छुट्टी मनाउन साथीहरुसँग यी दुवै थाइल्यान्ड पुगेका थिए। रमाइलो गरिरहेको तस्बिर सार्वजनिक भएपछि उनीहरु नजिकिएको चर्चा चलेको थियो। यसपल्ट फेरि एक पार्टीमा उनीहरु सँगै देखिएको भन्दै भारतीय मिडियाले विभिन्न टिकाटीप्पणी गर्न थालेका छन्।

उमेरले २० पुगेकी नाव्या सामाजिक सञ्जालका कारण चर्चाकी पात्र बनेकी छिन्। उनी आफ्ना तस्बिर इन्स्ट्राग्राममा राखिरहेकी हुन्छिन्। जहाँ उनलाई सुन्दर र स्टाइलिस भन्दै प्रशंसा भइरहेको छ।

आर्यनसँग देखिँदा नाम जोड्न थालिएको त छ तर नाव्या उनी बाहेकका युवकसँग पनि पार्टीमा देखिसकेकी छिन्।

नाव्याको खुलापनबाट उनकी आमा श्वेता भने केही तनावमा छिन्। किनकि नाव्यालाई लिएर मान्छेहरुले राखेको बढी चासो उनलाई मन परिरहेको छैन।

 

तर, हजुरबुवा अमिताभ भने नाव्याका पक्षमा छन्। उनले एक ब्लग समेत लेखेर नाव्या र आराध्या दुवैलाई खुलेर अघि बढ्न भनेका छन्। उनीहरु स्वतन्त्र जीवन जिउन सकुन् भन्ने चाहना अभिताबको छ।
नाव्याको जीवनशैली हेर्दा उनी बलिउडमा चाँडै इन्ट्री गर्दैछिन् भन्ने अनुमान गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah