सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले एमालेकी उम्मेदवार भगवती चौधरीसँगलाई पछि पारेका छन्।
पछिल्लो अपडेटअनुसार गच्छदारले चौधरीलाई ३२ मतले पछि पारेका छन्।
गच्छदारले २७ हजार ७४४ मत प्राप्त गरेका छन् । एमालेकी चौधरीले २७ हजार ७१२ मत प्राप्त गरेकी छिन् । गच्छदारले आफ्नो मतान्तर व्यापक रुपमा कम गर्दै अग्रता लिएका हुन् ।
आज विहान ३ वजे ६ सय मतले भन्दा पछाडि रहेका गच्छदारले क्रमिक रुपमा मतान्तर घटाएका थिए। नेपाल लाइभ बाट










