बिशुद्ध सामाजिक संस्था को रुपमा परिचित संस्था हेल्पिङ हेन्ड्सले आफ्नो प्रथम ऎतिहासिक साधारणसभा संस्थाको अध्यक्ष श्री चिरञ्जीवी महतो को अध्यक्षतामा तथा कन्काइ न.पा. वार्ड नम्बर ३ का वडाअध्यक्ष श्री रुद्र चिमरिया को प्रमुख आतिथ्यतामा झापाको कन्काइ सामुदायिक बनको सभाहलमा सम्पन्न गरेको छ। उक्त कार्यक्रम संस्थाका सचिब मिराज पोख्रेल ले सन्चालन गरेका थिए भने स्वागत मन्तब्य संस्थाका धरान शाखा सम्योजक पङ्कज भट्टराईले दिएका थिए ।

२०७२ साल देखि स्थापना भइ सामाजिक रूपमा अघि बढी रहेको यस संस्थामा मुख्यतया युवाशक्तीको बिशेष आकर्षण रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस प्रथम साधारणसभाले संस्थाको नयाँ नेतृत्वसहितको केन्द्रीय कार्यसमिति समेत चयन गरेको छ। नयाँ कार्यसमितीमा युवाजोश र जागर सहितको क्षमतावान समुहलाइ संस्थाको कार्यभार साधारणसभाले सुम्पेको छ।

अध्यक्ष - मिराज पोख्रेल झापा

उपाध्यक्ष - सन्ध्या न्यौपाने पाँचथर

सचिब- रोनित बिक्रम बस्नेत झापा

सह-सचिब- प्रजेश खनाल झापा

कोषाध्यक्ष- शोभा मिश्र झापा

सदस्य - पङ्कज भट्टराई सुनसरि

शिशिर रावत दाङ्ग

शरद खतिवडा इलाम

मोना गौतम झापा

झापाको कन्काइ न.पा. मा केन्द्रिय कार्यालय रहेको यस संस्थाले देशका प्रमुख सहरहरुमा आफ्नो कार्यक्षेत्र बिस्तार गरिरहेको छ।