सुनसरीकाे ४ निर्वाचन क्षेत्र मध्ये हाल क्षेत्र नं ३ काे प्रतिनिधीसभा तर्फकाे मतगणना राेकिएकाे छ । गणनाकाे क्रममा २० रूपैयाकाे नाेट र अर्को अर्धकट्टी सहित मतपत्र भेटिएपछि निस्किएकाे बिवादका कारण अहिले सम्म मत गणना सुरू हुन सकेकाे छैन ।

एमालेकी उम्मेद्वार भगवती चाैधरीले कांग्रेसका उम्मेद्वारलार्इ जिताउन बिभिन्न प्रपञ्च रच्ने गरेकाे अाराेप लगाइन । उनले बदर भएका मतपनि सदर भन्दै गच्छदारपट्टी गनिएकाे भन्दै बदर मत निकालेर पुनःमत गणानाकाे माग राखेकी छिन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले निर्वाचनकाे कार्यालयलाृइ पत्र लेख्दै तत्काल मतगणना अधिकृत परिर्वतनकाे पनि माग गरेकी छिन । अाैठा छाप लगाएकाे मतपत्रलार्इ पनि सदर बनाएर कांग्रेसकाे तर्फबाट गनेकाे भगवतीले अाराेप लगाएकी छिन । यस क्षेत्रमा गणनाकाे सुरूवाती देखि नै एमालेकी चाैधरी गच्छदार भन्दा अग्रस्थानमा रहेकी थिइन । पछिल्लाे मत परिणाम अनुसार भगवती चाैधरीकाे २९३२६ मत रहेकाे छ भने कांग्रेका उम्मेद्वार तथा उपप्रधानमन्त्री बिजया गच्छदारकाे  २९१७१ मत रहदा गणना स्थकित भएकाे थियाे ।