बलिउड हुँदै हलिउडको यात्रा थालेकी भारतीय अभिनेत्री प्रियंका चोपडा यस बर्ष २०१७ को एसियाकै सर्वाधिक सेक्सी महिला घोषणा भएकी छिन ।
बेलायती साप्ताहिक पत्रिका ‘ईस्टर्न आई’द्धारा गरिएको अनलाइन सर्वेक्षणको आधारमा चोपडा पहिलो नम्बरमा परेकी हुन ।


पहिलो चरणमा छानिएका एसियाका ५० महिलाको सुचिमा चोपडा गरिएको पछिल्लो घोषणामा प्रियंका पहिलो स्थानमा परेकी हुन् । यो चोपडाले यो पाँचौ पटक एसियाली सर्वाधिक सेक्सी महिलाको उपाधि हो ।

उनी ३५ बर्षकी भइन ।‘ईस्टर्न आई’ पत्रिकाले सन् २०१७ को एसियाली ५० सर्वाधिक सेक्सीको महिलाको सुचि शुक्रबार प्रकाशित गरेको हो ।




