झापा जिल्लामा समानुपातिक तर्फको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समिति भद्रपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बसेको सर्वपक्षिय बैठकले दिउँसो ३ बजेदेखि समानुपातिक तर्फको मतगणना सुरु भएको हो । आइतबार बेलुका सम्म प्रतिनिधि तथा प्रदेशसभा प्रत्यक्ष सदस्य तर्फको मतगणना सम्पन्न भइसकेको छ ।

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएलगतै पाँचै वटा निर्वाचन अधिकृतको कार्यालयबाट एक साथ समानुपातिक मतगणना सुरु भएको झापाका निर्वाचन अधिकारी गोपाल आचार्य जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा तर्फ ४९ दलको र प्रदेश १ तर्फ २७ दलको चुनाव चिन्ह समानुपातिक रहेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंसिर २१ गते सम्पन्न दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा झापामा ७१.४५ प्रतिशत मत खसेको थियो । ५ लाख ८५ हजार १६६ मतदाता संख्या रहेको जिल्लामा ४ लाख १५ हजार १ सय ३ मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ । जसमध्ये झापा क्षेत्र १ मा ७५ हजार ९ सय ९०, क्षेत्र २ मा ८५ हजार ८ सय १६, क्षेत्र ३ मा ८२ हजार ९ सय २४, क्षेत्र ४ मा ७७ हजार ३ सय २५ र क्षेत्र ५ मा ९३ हजार ४८ मत समानुपातिक तर्फ गणना हुने जनाइएको छ ।