प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म प्रतिनिधि सभातर्फ जम्मा १५६ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसमध्ये एमालेले ७६ क्षेत्रमा विजयी हासिल गरेको छ भने ५ स्थान अग्रता लिएको छ । अग्रता लिएका ठाउँमध्ये सुनसरी– ३ मा गणना रोकिएको छ । त्यसबाहेक स्याङ्जाका दुवै क्षेत्र, कैलाली– २, कञ्चनपुर– ३ मा एमालेले अग्रता लिएको छ ।

माओवादी केन्द्रले अहिलेसम्म ३४ क्षेत्रमा विजयी भएको छ भने  अर्घाखाँचीमा टोपबहादुर रायमाझी जित नजिक छन् । त्यस्तै धनुषा– १ मा पनि मातृका यादव विजयउन्मुख छन् ।

कांग्रेस हालसम्म २१ स्थानमा विजयी भएको छ । राजपा र संघीय समाजवादीले २०, राप्रपाले १, नयाँ शक्तिले १, राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १ र स्वतन्त्रबाट १ जना विजयी भएका छन् ।

नतिजा आउन बाँकी क्षेत्र

सुनसरी– ३ (एमाले अग्रता) धनुषा– १ (माओवादी अग्रता) सर्लाही– ४ (राजापाको अग्रता) स्याङ्जा– १ (एमाले अग्रता) स्याङ्जा– २ (एमाले अग्रता) अर्घाखाँची (माओवादी) कैलाली– १ (राजपा अग्रता) कैलाली– २ (एमाले अग्रता) कञ्चनपुर– ३ (एमाले अग्रता) अहिलेसम्म निर्वाचित सांसद, मत र क्षेत्र